Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा

कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा


  • 337
    Shares

    कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।

    पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले रातोपाटीलाई बताए । उनले भने, ‘सो गहना उद्योगमा राजस्व छलीको सुनको कारोबार हुने गरेको सूचना हामीसँग थियो ।’

    बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij