२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि गरिने १०० अंकित दरका २४,००,००० कित्ताले हुन आउने २४,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिकास सिलवालले हस्ताक्षर गरेका छन् ।
सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्कासन गर्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij