२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । सरकारले फेसबुक लगायत सामाजिक संजाल ७ दिन भित्र दर्ता गर्न आउनु भनेको भनेको थियो। हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् भने फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता ठुला प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन् । बारम्बार समय तोकी दर्ताको लागि आह्वान गर्दा पनि अटेर गरेपछि अब पनि दर्ता नगरे सरकारले कस्तो कदम चाल्ला भन्ने चासोको विषय बनेको छ ।
मन्त्रिपरिषदको निर्णयमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने भनिएको छ । यसमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने ।
तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने विषय समावेश छन् । फेसबुक बन्दै गर्ने रणनीतिमा राज्य छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij