२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष श्री असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो ।
नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको, नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो ।
उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले “सरङ्गी व्हिस्की ४० युपी” र “सेतो बाघ भोड्का ३० युपी” नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ ।
आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीको अध्यक्षले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij