२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । मुक्तिनाथ क्यापिटलले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड ल्याउने भएको छ। यो म्युचुअल फन्ड ल्याउन मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै निवेदन दिएको छ।
क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड-२’ नामक म्युचुअल फन्ड ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्ने भएको छ।
यो बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij