Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

‘विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलन’ मा सहभागी हुन सुनिता डंगोल जेनेभा प्रस्थान

‘विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलन’ मा सहभागी हुन सुनिता डंगोल जेनेभा प्रस्थान


  • 162
    Shares

    ‘विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलन’ मा सहभागी हुन सुनिता डंगोल जेनेभा प्रस्थान
    images

    काठमाडौं । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छिन्।

    ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि भदौ १७ गते देखि १९ ९सेप्टेम्वर २–४० सम्म सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरु हुनुहुन्छ । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

    सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुका विच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै, यङ् ग्लोबल लिडरहरुका बिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ ।

    उनले भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरु एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश वुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

    परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन् ।

    गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी हुन् । युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रुपमा उनलाई चयन गरेको हो ।

    यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र छिन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य थिइन्।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १२:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij