Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

डिशहोमले मेलुङ थकालीसँग गर्यो सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत सेवा दिने

डिशहोमले मेलुङ थकालीसँग गर्यो सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत सेवा दिने


  • 596
    Shares

    डिशहोमले मेलुङ थकालीसँग गर्यो  सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत सेवा दिने

    काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

    मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिने भएको छ।

    थकाली परिकारमा १० प्रतिशत छुट, केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध गराउने जनाइएको छ । माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी  गनुपर्ने हुन्छ । आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्ने, होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने, मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्न सकिन्छ ।

    यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    “यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताएका छन् ।

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १२:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij