Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु


  • 603
    Shares

    • images
    खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

    काठमाडौं । झापामा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।  

    आइतबार साँझ कचनकवल गाउँपालिका-२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारु राजवंशीको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    राजवंशीको आफ्नो घर नजिकै रहेको झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ। 

    उनको शव पोस्टमार्टमका लागि भद्रपुर अस्पतालमा राखिएको र घटनावारे थप नुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। 

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:५७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij