Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आमाको किरिया सकेर बुबाको शव कुरिरहेका तीन छोरी

आमाको किरिया सकेर बुबाको शव कुरिरहेका तीन छोरी


  • 2.1K
    Shares

    आमाको किरिया सकेर बुबाको शव कुरिरहेका तीन छोरी

    काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरेको सिप्रिङ गाउँमा भदौको पहिलो हप्ता एउटा हृदय विदारक घटना भएको छ। वैदेशिक रोजगारीको पीडाले उजाडिएको एउटा परिवारको यो घटनाले गाउँ नै स्तब्ध छ।

    ४१ वर्षीय डम्बरबहादुर मगर परिवारलाई सुख दिने सपना बोकेर २०८० साल असारमा रोजगारीका लागि कुवेत गएका थिए। तर, उनको यात्राको अन्त्य निर्मम ढङ्गले भयो। 

    भदौ ४ गते उनको मृत्युको खबर आयो। यो खबर जब उनकी ३३ वर्षीया श्रीमती विद्या मगरले सुनिन्, उनले वियोग सहन सकिनन्। श्रीमान्को मृत्युको खबर सुनेको तीन दिनपछि, भदौ ७ गते उनी बेहोस भइन्। उनलाई उपचारका लागि जितपुर नगर अस्पताल पुर्‍याइयो, तर अस्पतालले उनलाई मृत घोषणा गर्‍यो।

    यस घटनाले डम्बरबहादुर र विद्याका तीन छोरीलाई टुहुरा बनाइदिएको छ। १६ वर्षीया जेठी छोरी विपना, १५ वर्षीया माइली छोरी सञ्जु र केवल २ वर्षकी कान्छी छोरी समिताले एकैपटक आमा र बुबा दुवैको छत्रछायाँ गुमाएका छन्। अझ दर्दनाक कुरा के छ भने, आमा विद्याको काजकिरिया सकेर उनीहरू बुबा डम्बरबहादुरको शव कुरिरहेका छन्। शव नेपाल आएपछि उनै कलिला छोरीले दागबत्ती दिनेछन्।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:३७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij