Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र


  • 1.1K
    Shares

    इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए । 

    ज्ञापनपत्रमा सो प्रणालीले सर्वसाधारण जनतामाझ गम्भीर असन्तोष र अन्योलता सिर्जना गरेको उल्लेख गर्दै यसले पारदर्शिता, सुशासन र नागरिकप्रतिको उत्तरदायित्व खण्डित गरेको आरोप लगाइएको छ।

    ज्ञापनपत्रमार्फत राप्रपाले इम्बेस्ड नम्बर प्रणालीका कारण सामान्य नागरिकलाई अनावश्यक झन्झट, अतिरिक्त खर्च र समय बर्बादी भएको, विभिन्न निकायहरूमा दुरुपयोग र भ्रष्टाचारको सम्भावना बढेको र संविधानले सुनिश्चित गरेको समान अवसर तथा न्यायपूर्ण व्यवहारमा बाधा पुगेको दाबी गरेको छ।

    राप्रपाले सरकारसँग तत्काल उक्त प्रणाली खारेज गर्न, नागरिकमैत्री, पारदर्शी र सहज प्रक्रिया अवलम्बन गर्न तथा भविष्यमा यस्ता निर्णय अघि जनसरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल गर्न माग गरेको छ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १५:१६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij