Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

अबको १० दिन मल पाइन्छ : कृषिमन्त्री अधिकारी

अबको १० दिन मल पाइन्छ : कृषिमन्त्री अधिकारी


  • 1.0K
    Shares

    अबको १० दिन मल पाइन्छ : कृषिमन्त्री अधिकारी
    images

    काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । 

    मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण  आर्थिक क्षति  बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ’, उनले भने ।
     
    नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई  मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाए । 

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १४:४४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij