Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयोः सांसद महतो

मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयोः सांसद महतो


  • 694
    Shares

    मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयोः सांसद महतो

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन् । 

    कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले वन मन्त्रालयमाथी परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने बताएका छन् । नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाईड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गर्दै उनले त्यसमा वन मन्त्रालयले सहज गर्नुपर्नेमा जोड दिएका छन्। 

    उनले भने, ‘नेपालमा अहिले समृद्ध नेपाल बनाउने भनेर अहिले हाईड्रोपावरमा जोड दिईरहेका छौँ । किनभने भारत र बंगलादेश किन्ने भएको हुनाले अलिकति हामीले हाईड्रोलाई बेच्न पनि सक्छौँ र त्यसबाट आम्दानी लिन पनि सक्छौँ भनेर जहाँ गएपनि हाईड्रो पावर बनाउने, बन्नुपर्छ भनेर हामी कुरा गर्छौ । तर अहिलेको आम मानिसको बुझाईमा के छ भने विकासको बाधक, नेपाल समृद्धि वन मन्त्रालय हुन्जेलसम्म नेपालमा कुनै पनि समृद्धि हुँदैन भन्ने कुरा चाहीँ आम मानिसको बुझाईमा आईसकेको छ । यो कुरालाई हामीले चिर्न सक्नुपर्छ नत्र भने झन आक्रोश चाँही बढ्दै गईरहेको मैले बुझेको छु ।’ 


    उनले हाल धेरै लगानी भएका, लाईसेन्स पाइसकेर काम अगाडी बढेका जलविद्युत आयोजनाका कामहरु रोकिएको अवस्थामा रहेको बताएका छन् । वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजिओ, आईएनजिओ मार्फत जनजिवन धानिरहेकाहरुले मुद्दा हाल्दिने चलन रहेको पनि उनको आरोप छ । मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेर बस्ने उनले बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १४:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij