Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पाउ पाथीभरामा भेटीबाट १ करोड ४२ लाख संकलन

पाउ पाथीभरामा भेटीबाट १ करोड ४२ लाख संकलन


  • 960
    Shares

    पाउ पाथीभरामा भेटीबाट १ करोड ४२ लाख संकलन
    images

    काठमाडौं । मेचीनगरको -४ आलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार संकलन भएको छ ।

    समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१\८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार, सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट  ८८ हजार आम्दानी भएको बताएका छन् ।

    प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन्  भने भारतको पश्चिम बंगाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।

    समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जानकारी दिएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।

    मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने काम र एउटा भवनसमेत बनाउँदा सो आर्थिक वर्षमा ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताएका छन् । मन्दिरको नाममा १ करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ भने  समितिले ४ गुरुसहित ९ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ । 

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:३७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij