२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ ।
यो अभियान जिकर एक्सका लागि लागू हुने छ भने दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९.९९ लाखमा खरिद गर्न सक्नेछन्।
यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्। यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुने भएको छ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij