Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

ओमोडा एण्ड जेकोको नयाँ शोरूम अब पोखरामा

ओमोडा एण्ड जेकोको नयाँ शोरूम अब पोखरामा


  • 1.1K
    Shares

    ओमोडा एण्ड जेकोको नयाँ शोरूम अब पोखरामा

    काठमाडौं । पोखरामा ओमोडा एण्ड जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रा.लि.ले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। उक्त अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरिएको छ।

    पोखराको शिवचोक-१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको कम्पनीले जानकारी दिएको छ।

    शोरूम उद्घाटनसँगै नयाँ जेको जे५ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित यो गाडी लक्जरी एसयुभी वर्गमा शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण छुट्टै पहिचान बनाउने लक्ष्य राख्दछ। 

    जेको जे५ का प्रमुख सुविधाहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, र ४८० लिटर बुट स्पेस रहेका छन्।

    उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बरालको उपस्थिति थियो। 

    इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरामा नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै उनले जेइको जे ५ अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने मिसनको प्रतीक भएको बताएका छन् ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १२:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij