Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

दलहरुको मनस्थिति पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्म पुगिसकेको छैनः मन्त्री गुरुङ

दलहरुको मनस्थिति पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्म पुगिसकेको छैनः मन्त्री गुरुङ


  • 1.5K
    Shares

    • images
    दलहरुको मनस्थिति पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्म पुगिसकेको छैनः मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजनीतिक दलहरूको मनोवृत्ति अहिलेसम्म पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुगि नसकेको बताएका छन् । 

    शुक्रवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । मुलुकलाई पूर्ण समानुपाति निर्वाचन प्रणालीमा लैजानसके मात्र उपेक्षित समुदायलाई समेत राज्य संयन्त्रसँग जोड्न सकिने उनको भनाइ  रहेको छ । मन्त्री गुरुङले संविधानले आदिवासी समुदायलाई दिएको अधिकार कार्यान्वयनका लागि जनमत सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना बदलिएको उल्लेख गर्दै त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता भएका छन् । 

    उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणलीको वकालत दलहरुले किन गर्दैनन् भन्दाखेरी दलहरुको मनस्थिति त्यहाँ पुगेको छैन । पूर्ण समानुपातिक प्रणालीमा गयो भने सबैभन्दा सस्तो प्रणाली हुन्छ नि त्यो । व्यक्तिले गर्ने खर्च त केही पनि हुदैन त्यहाँ रु दलहरुको बीचमा प्रतिष्पर्धा पनि धेरै कम हुन्छ । त्यसकारण र मुलुकको राजनीतिक र निर्वाचन प्रणालीमा आदिवासि समूदायलाई संविधानले दिएको अधिकार कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा तपाई लेख्नुस् । प्राप्त उपलब्धी कार्यान्वयन गर्नको लागि जनमत सिर्जना गर्नुपर्छ हामीले । अहिले नेपालको जुन वर्ग बनोट १० वर्षभित्र परिवर्तन भयो ।’

    आदिवासी जनजाति लगायत पिछडिएका र बञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ । उनले एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएकै कारण मुलुकमा संघीयता ल्याइएको जिकिर गरेका छन्। 

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - १२:४२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij