Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

आजको मौसम

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


  • 981
    Shares

    • images
    बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

    बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

    साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।शुक्रबार दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ।

    साथै सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको उनले बताए।

    शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद झाले जानकारी दिए।

    उनका अनुसार भोलिका लागे भने मौसम केही सुधार हुने सम्भावना हो। 'मनसुनको समय हो। जलवाष्पयुक्त हावा पनि आइरहेको छ।  मध्यमसम्म वर्षा त भइहाल्छ। यद्यपि भारी वर्षाको सम्भावना भने भोलिलाई कम देखिन्छ,' उनले भने।

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - ०८:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij