Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

जनार्दन, घनश्याम र विप्लवबीच निकटता बढ्दै, वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै

जनार्दन, घनश्याम र विप्लवबीच निकटता बढ्दै, वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै


  • 519
    Shares

    जनार्दन, घनश्याम र  विप्लवबीच निकटता बढ्दै, वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच निकटता बढ्दै गएको छ ।

    कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै जनार्दन र विप्लवले पटक पटक एक्ला एक्लै छलफल पनि गरिसकेका छन् । एक्ला एक्लै छलफलमा जुटेका जनार्दन र विप्लवसँग नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसमेत जोडिएका छन् ।

    गत साउन ६ गते पुष्पलाल जयन्तीका अवसरमा स्कुल अफ मार्क्सिज्मले आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बहसमा विप्लव, जनार्दन र भुसाल पहिलो पटक एकैठाउँ देखिए । त्यसयता उनीहरू निरन्तर मञ्च शेयर गरिरहेका छन् । साउन ६ को कार्यक्रममा एकै खालको विचार राखेका यी नेताहरूले वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै लगेका छन् ।

    विप्लवले साउन ९ गते जनार्दन शर्मासँग ललितपुरस्थित बखुण्डोलमा एक्ला एक्लै भेटवार्ता गरे । शर्मासँगको भेटमा पार्टी एकता, वामपन्थी ध्रुवीकरण र साझा मोर्चा बनाउने विषयमा छलफल भएको विप्लवको सचिवालयले त्यसबेला जनाएको थियो ।

    यी तीन नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व क्षमताप्रति गम्भीर प्रश्न उठाउँदै आलोचना र विरोधसमेत गरिरहेका छन् ।

    आन्तरिक रुपमा काठमाडौंमा पटक पटक तीन नेताले छलफलसमेत गरिसकेका छन् । उक्त छलफलपछि विप्लवले माओवादीसँग एकताको निर्णयबाट आफूलाई पछि हटाएका छन्। उनी आफ्नै नेतृत्वमा कम्युनिस्ट एकता केन्द्र निर्माणमा लागेका छन् । विप्लवसहितले वर्तमान शीर्ष नेतृत्व कम्युनिस्ट मूल्य-मान्यताबाट विचलित भइसकेको निष्कर्षसहित छलफल अघि बढाएका छन् ।

    विप्लवले २०८४ को चुनावमा जाने निर्णय पनि गरेका छन् । उनी नेकपा महासचिव हुन् भने जनार्दन र घनश्याम आफ्नो दलमा दोस्रो तहका नेता मानिन्छन् । उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विकल्प खोज्नुपर्ने साझा मत बनाएका हुन् ।

    साउन ६ गतेदेखि बढेको निकटता बिहीबार बुटवल पुग्दा पनि निरन्तरता पायो । उनीहरू वर्तमान नेतृत्वको विकल्प खोज्ने गरी सामूहिक रुपमा सक्रिय भइरहेका छन् ।

    काठमाडौँमा मञ्च शेयर गरेर नेतृत्वमाथि प्रश्न उठाइरहेका उनीहरू प्रदेश तहमा पनि एकसाथ झरेका छन् । यी तीनजना नेता बिहीबार बुटवलमा एकसाथ देखिए । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलस्थित एसियन होटेलमा गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ताका रूपमा उनीहरू सहभागी भए ।

    कार्यक्रमम आयोजकले तीनैजना नेताहरूको तस्बिरसहित प्रचार सामग्री बनाएको थियो । ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ शीर्षकमा गरिएको कार्यक्रममा तीनै नेताले धारणा राख्दैछन् ।

    विप्लवले जनार्दनसँग निकटता बढाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै विप्लवलाई उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । ‘प्रचण्ड’ र नेकपाका महासचिव ‘विप्लव’बीच भदौ ९ गते हरिसिद्धिमा भेटवार्ता भएको थियो ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - २२:१३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij