२०८२ माघ १४ गते बुधवार
काठमाडौं । पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जना धरौटी रकम बुझाएर रिहा भएका छन्। उनीहरूविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो। गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो।
ढकाल र मैनालीले पशुपतिमा जलाउँदै गरेको शवको हड्डी ठाकुर र यादवलाई ५ सय रुपैयाँमा बेचेको आरोप छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij