Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

शेयर बजारमा भारी गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो

शेयर बजारमा भारी गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो


  • 246
    Shares

    शेयर  बजारमा भारी गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन बिहिबारशेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८.० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोडको शेयर कारोबार भएको छ भने आज सबैभन्दा  धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । 

    आज म्युच्युअल फण्ड बाहेक सबै समुहका सेयर घटेको छ। विकास बैंक समुह सर्वाधिक २.४३ प्रतितशले घटेको छ भने फाइनान्स १.८३, उत्पादन तथा प्रशोधन १.७१, अन्य समुह १.७१, होटल तथा पर्यटन १.८६, लगानी समुह १.५५.जीवन बीमा समुह १.५४, जलविद्युत १.४३ र माइक्रोफाइनान्स १.३९ प्रतिशतले घटेको छ ।

    12 share.JPG

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १५:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij