Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

भण्डारीको सदस्यता नवीकरण र अध्यक्ष बनाउने कुरा ओलीकै सल्लाहमा भएको हो, चीन भ्रमणपछि के भयो मलाई थाहा छैनः प्रचण्ड

भण्डारीको सदस्यता नवीकरण र अध्यक्ष बनाउने कुरा ओलीकै सल्लाहमा भएको हो, चीन भ्रमणपछि के भयो मलाई थाहा छैनः प्रचण्ड


  • 547
    Shares

    भण्डारीको सदस्यता नवीकरण र अध्यक्ष बनाउने कुरा ओलीकै सल्लाहमा भएको हो, चीन भ्रमणपछि के भयो मलाई थाहा छैनः प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको दाबी गरेका छन्। 

    विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीकै सल्लाहमा भएको जिकिर गरेका हुन्। ‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो, उनले भने,  अध्यक्ष बनाउने कुरा पनि पहिले उनीहरूबीच भएको थियो। तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’


    प्रचण्डले भण्डारीसँग पछिल्लो समय कुनै भेटघाट वा संवाद नभएको पनि बताए। ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्नु कुतर्क’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति पदमा रहिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु संविधान विपरीत नहुने पनि बताए। 

    नेपालको संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कन नपाइने कुनै प्रावधान नराखेको तर्क उनले गरे। अन्तर्राष्ट्रिय अभ्यासमा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री भएका, मेयर भएका धेरै उदाहरण विश्वमा रहेको सुनाउँदै उनले पूर्वराष्ट्रपतिले राजनीति गर्न हुँदैन  भन्नु ‘कुतर्क’ भएको टिप्पणी गरे। 

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - ११:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij