Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

डडेल्धुरामा जिप भिरबाट खस्यो: ४ को मृत्यु, ४ जना घाइते

डडेल्धुरामा जिप भिरबाट खस्यो: ४ को मृत्यु, ४ जना घाइते


  • 414
    Shares

    डडेल्धुरामा जिप भिरबाट खस्यो: ४ को मृत्यु, ४ जना घाइते
    images

    काठमाडौं । डडेल्धुरामा आज (बिहीबार) बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

    नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

    जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ।

    दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्। घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ। 

    मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।  कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १०:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij