२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको छ।
नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार यो प्रणालीलाई प्रयोगकर्ता मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ। यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ।
यसले फोहोर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ। प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन्, र उनीहरू निरन्तर ग्राहकको अनुभव सुधार गर्न प्रतिबद्ध छन्।
फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू भनेको फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन्।
यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबिच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका यूजरबाट आफ्नो नगर वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ।
कृत्रिम बुद्धिमत्ताको भूमिका
डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए। उनले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij