Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं

भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं


  • 344
    Shares

    • images
    भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् । 

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका छन् । भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र नभई चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि प्रश्न गर्ने बेला आएको उनको भनाइ रहेको छ । 

    चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाउनु लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने पनि उनको भनाइ रहेको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १८:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij