Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु

रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु


  • 3.5K
    Shares

    • images
    रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु
    images

    काठमाडौं । रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले केहीबेर पहिले अस्पतालले मृत घोषणा गरेको बताए।

    करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेर आत्मादाहा गरेको हो । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप लगाएका छन् । 

    माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका पासवानलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टर रेफर गरेको थियो।

    भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेको बताएका थिए। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको दाबीसमेत गरेका छन्।

    गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।

    “रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १८:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij