२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ ।
सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो ।
यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।
बजाज प्रिमियर लिग क्याम्पेनका मुख्य आकर्षणहरू निकै रोमाञ्चक र पुरस्कारले भरिपूर्ण छन्। यस क्याम्पेनअन्तर्गत ‘जति धेरै रन, त्यति धेरै पुरस्कार’ भन्ने अवधारणामा आधारित भएर ग्राहकहरूले खेलमा प्रदर्शन अनुसार विभिन्न पुरस्कार जित्न सक्नेछन्।
सातै प्रदेशबाट हरेक हप्तामा रु ५०,००० नगद उपहार प्रदान गरिनेछ, जसले क्षेत्रीय स्तरमा सहभागिता बढाउनेछ। त्यस्तै, हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने ग्राहकलाई “प्लेयर अफ द विक” घोषणा गरिनेछ, जसलाई विशेष रूपमा रु १ लाख नगद पुरस्कार दिइनेछ।
यसबाहेक, सहभागीहरूले चर्चित नेपाली क्रिकेटरहरूसँग प्रत्यक्ष भेट्ने दुर्लभ र विशेष अवसर पनि प्राप्त गर्नेछन्, जसले क्याम्पेनलाई अझ आकर्षक बनाएको छ।
यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।
यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।”
त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij