२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छन् ।
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको थियो । निःवर्तमान सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
रिक्त सभापतिका लागि नेपाली काँग्रेसले न्यौपानेलाई अघि सारेको थियो भने न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपानले सभमुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालि सकिन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij