२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
समितिको बुधवारको बैठकमा नेपाली काँग्रेसकी सांसद न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । बैठकको सञ्चालन समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लालले गर्नुभएको थियो । शुक्लाले नै समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।
संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए। कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij