Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ


  • 456
    Shares

    • images
    एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
    images

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् । 

    यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् ।

    महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार अदालतमा उपस्थित भएको ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए । आजै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको छ । 

    यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

    बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १६:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij