Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

शेयर बजारमा भारी अंकको वृद्धि, कति भयो शेयर कारोबार ?

शेयर बजारमा भारी अंकको वृद्धि, कति भयो शेयर कारोबार ?


  • 470
    Shares

    • images
    शेयर बजारमा भारी अंकको वृद्धि, कति भयो शेयर कारोबार ?
    images

    काठमाडौं । साताको चौथों कारोबारको दिन आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९ को विन्दुमा कायम भएको छ । 

    आज २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । 

    आजको दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनकिो ५० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

    यसदिन सबै मुहका सूचक बढेको छ। आज विकास बैंक समुह सर्वाधिक ३.५९, व्यापार समुह २.८७, उत्पादन तथा प्रशोधन २.७४, जीवन बीमा समुह २.३९, लगानी समुह २.३८, अन्य समुह २.२१ र फाइनान्स २.१५ प्रतिशतले बढेको छ । 

    11 share.JPG

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १५:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij