Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप


  • 309
    Shares

    • images
    साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

    यो कूल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत अर्थात् १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्षको लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जानकारी दिएको छ ।

    वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११.०५ प्रतिशत अर्थात्  ४० अर्ब ऋण उठाइएको हो ।

    बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १.९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जानकारी दिएको छ । 

    त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । 

    वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्टाइएको बजेट ८.९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १४:१३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij