Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मोरङ कारागारको शौचालय भित्र झुण्डिएको अवस्थामा मृत भेटिइन् महिला कैदी

मोरङ कारागारको शौचालय भित्र झुण्डिएको अवस्थामा मृत भेटिइन् महिला कैदी


  • 1.1K
    Shares

    मोरङ कारागारको शौचालय भित्र झुण्डिएको अवस्थामा मृत भेटिइन् महिला कैदी

    काठमाडौं । जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बस्ने ३२ वर्षीया राधा भट्टराईको शव फेला परेको हो ।

    जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो भने एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको हो ।

    २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजायँ सुनाएको थियो । भट्टराईको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - ११:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij