Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना जारी

ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना जारी


  • 379
    Shares

    • images
    ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना जारी
    images

    काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२\८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले सहकारी संस्थाहरूलाई निर्देशन दिएको हो ।

    बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ । त्यसैगरी, वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था स्मरण गराइएको छ ।

    महानगरले तोकिएको समयभित्र प्रतिवेदन नआएको खण्डमा आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिएको छ  भने साथै, प्रतिवेदन पेश गर्दा चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न आग्रह गरिएको छ । 

    यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने भन्दै सचेत गराइएको छ ।

    सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    522649494_1308198537555015_4875892216185780508_n_4kzvlytttK.png

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १०:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij