Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना

२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना


  • 792
    Shares

    • images
    २० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
    images

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २० जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेको भन्दै सूचना जारी गरेको छ।

    प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) अनुसार खोजतलास गर्दा पनि सम्पर्कमा नआएको र गैरहाजिर रहेकाले सामूहिक रूपमा सूचना जारी गरिएको उल्लेख छ।

    सूचना अनुसार गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र हाजिर भई गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न भनिएको छ।

    त्यस्तो नगरे कारबाहीका लागि नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम कसुर ठहर भई नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कार्यवाही हुने चेतावनी दिइएको छ।

    गैरहाजिर कर्मचारीलाई प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ बमोजिम सफाइको अवसर दिन सामूहिक सूचना जारी गरिएको प्रधान कार्यालयले स्पष्ट पारेको छ।

    Screenshot_2025-08-26_091619_91evwWNmwg.jpg

    प्रकाशित मिति :भाद्र १० २०८२ मंगलवार - १०:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij