Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

रुबीको हत्या प्रकरण : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल

रुबीको हत्या प्रकरण : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल


  • 834
    Shares

    • images
    रुबीको हत्या प्रकरण  : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल
    images

    काठमाडौं ।  रौतहटको माधवनारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ ।

    सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए ।

    रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इंकार गरेका थिए ।

    त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बताएका छन् । 

    सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर-५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेको छे।

    प्रहरी अनुसार, यस घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १७:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij