Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सिडेनको अधिवेशन भदौ १४ मा, देउवा र शेखर-गगन पक्षबीच प्रतिस्पर्धा हुने

सिडेनको अधिवेशन भदौ १४ मा, देउवा र शेखर-गगन पक्षबीच प्रतिस्पर्धा हुने


  • 386
    Shares

    • images
    सिडेनको अधिवेशन भदौ १४ मा, देउवा र शेखर-गगन पक्षबीच प्रतिस्पर्धा हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अधिवेशन भदौ १४ गते हुने भएको छ।अध्यक्षमा रविभुषण झा र धनेन्द्र केसीबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरूले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धाको तयारी गरेका छन्।

    रविभुषण सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने धनेन्द्र नेता शेखर कोइराला र प्रदीप पौडेलनिकट छन्। धनेन्द्रको प्यानलबाट महासचिवमा भूपेन्द्र श्रेष्ठ छन्, उनी महामन्त्री गगन थापानिकट छन्।

    रविभुषण प्यानलबाट महासचिवमा सुदर्शन शर्मा छन्। शर्मा उपप्रधानमन्त्री प्रकाशमान सिंहनिकट मानिन्छन्। साथै उनी नेविसंघ केन्द्रीय सदस्यसमेत छन्। त्यसबेला उनी शेखर समूहबाट केन्द्रीय सदस्य भएका थिए।  

    रविभुषणलाई सिडेका पूर्वअध्यक्ष उमेश थानीलगायतको समर्थन छ भने धनेन्द्रलाई सिडेनका पूर्वअध्यक्षहरू ध्रुव थापा, किशोर शाक्य, शंकर पण्डित, लक्ष्मण केसी, हरि दर्लामी, सुवासचन्द्र बरालको समर्थन रहेको सिडेनका एक नेताले बताए।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १४:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij