Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

‘नाडा अटो शो’मा पनि बीवाइडीको तहल्का: १ हजार ४०० युनिट गाडी बुकिङ

‘नाडा अटो शो’मा पनि बीवाइडीको तहल्का: १ हजार ४०० युनिट गाडी बुकिङ


  • 379
    Shares

    • images
    ‘नाडा अटो शो’मा पनि बीवाइडीको तहल्का:  १ हजार ४०० युनिट गाडी बुकिङ
    images

    काठमाडौं । नाडा अट शो-२०२५’ भव्य रुपमा आइतबार सम्पन्न भएको छ ।राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा लगातर ६ दिनसम्म चलेको १७औँ संस्करणको ‘नाडा अटो शो-२०२५’ दर्शकको उपस्थिति र सवारी बुकिङ्गले रेकर्ड कायम गरेको छ ।

    अटोमोबाइल्स एसोसिएसन अफ नाडाले गत भदौ ३ गतेदेखि आयोजना गरेको अटो मेलाले गाडीप्रेमीहरूलाई नयाँ मोडेलको अनुभव दिने मात्र नभई अटोमोबाइल उद्योगलाई नै नयाँ उचाइमा पुर्‍याउने संकेत समेत दिएको छ ।

    देशभरका उपभोक्ता र व्यवसायीको आकर्षणको केन्द्र बनेको यो शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । उक्त शोमा १३५ स्टलहरू राखिएको थियो भने ३० वटा नयाँ सवारी मोडेलहरू पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन राखिएको थियो ।

    यो वर्ष पनि विद्युतीय सवारीतर्फको आकर्षण झनै बढेको छ । नेपालमा बिवाइडीका गाडी सर्वाधिक बुकिङ्ग भएको छ। आधिकारिक वितरक साइमेक्स इन्कका अनुसार १ हजार ४०० युनिट गाडी बुकिङ भएको छ । योसँगै बीवाइडीले आफूलाई नाडा अटो शोमा पनि एक नम्बरमै कायम राख्न सफल भएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १४:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij