२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ।
सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।
सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्। गएको साउन २७ गते समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij