Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको भेप बरामद

बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको भेप बरामद


  • 316
    Shares

    • images
    बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको भेप बरामद
    images

    काठमाडौं । बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।

    मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।

    सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २ साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।

    प्रहरी देख्नसाथ तस्कर फरार भएका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।

     

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १२:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij