२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सुदूरपश्चिममा काम गर्नेको पारिश्रमिक (तलब तथा ज्याला) सबैभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१\८२ मा सो प्रदेशमा काम गर्नेको यस्तो आम्दानी ७.४४ प्रतिशतले बढेको हो । अरू प्रदेशमा यस्तो वृद्धि ४ प्रतिशत भन्दा पनि कम छ ।
तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ३.७२ प्रतिशत, कर्णालीमा ३.०९ प्रतिशत, गण्डकीमा २.७४ प्रतिशत तलब तथा ज्यालामा वृद्धि भएको छ । त्यस्तै, मधेसमा २.१४ प्रतिशत, बाग्मतीमा १.९८ प्रतिशत बढ्दा कोशीमा जम्मा १.२३ प्रतिशतले तलब तथा ज्याला वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सबै प्रदेशको समेत गर्दा औसत तलब वृद्धि दर २.६३ प्रतिशत रहेको छ । अहिले देशभर भुक्तानी हुने तलब तथा ज्यालामध्ये बाग्मती प्रदेशमा मात्रै ३१.८९ प्रतिशत भुक्तानी हुन्छ । मधेसमा १५.९९, कोशीमा १५.५९, लुम्बिनीमा १५.६८, गण्डकीमा ९.८८ र कर्णालीमा ४.७१ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंक सर्वेक्षण छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij