Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कृषि परियोजना कर्जाको अधिकतम ब्याजदर घट्ने

कृषि परियोजना कर्जाको अधिकतम ब्याजदर घट्ने


  • 1.0K
    Shares

    कृषि परियोजना कर्जाको अधिकतम ब्याजदर  घट्ने

    काठमाडौं ।  कृषि परियोजनामा बैंकले प्रवाह गरेको कर्जामा अधिकतम ब्याजदर घट्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद्ले सम्बन्धित क्षेत्रका लागि सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन अभिवृद्धि गर्ने कृषि परियोजनामा कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्नु पर्ने व्यवस्था गरेको हो ।

    यसअघि यो दर २ प्रतिशत थियो । यस्तो कर्जामा ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था ०.२५ प्रतिशत र दोस्रो वर्ष ०.५ प्रतिशत कायम गर्न सक्नेछ ।

    यस्तो प्रकारको कर्जामा आवश्यक ग्रेस अवधि प्रदान गर्न वा ब्याज पुँजीकरण गर्न सकिने भएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ११:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij