Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शिक्षक महासंघ आजदेखि पुनः देशव्यापी आन्दोलनमा

शिक्षक महासंघ आजदेखि पुनः देशव्यापी आन्दोलनमा


  • 274
    Shares

    • images
    शिक्षक महासंघ आजदेखि  पुनः देशव्यापी आन्दोलनमा
    images

    काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० मा आफ्ना माग नसमेटिएको भन्दै नेपाल शिक्षक महासंघले आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गरेको छ ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकले शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाए । गत वैशाखमा भएको नौबुँदे सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नुपरेको उनले बताए ।

    महासंघले ०७५, ०७८, ०८० र २०८१/८२ मा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा प्रणाली कायम गर्नुपर्ने (हालको ६०–४० को सट्टा), आवधिक बढुवा, अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको तलब–पद समायोजन, बालकक्षा शिक्षकको सेवा सुविधा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई राहत र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने माग राखेको छ ।

    आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र दलका सचेतकलाई ध्यानाकर्षण गराइनेछ । भदौ ११ देखि २० सम्म देशभर धर्ना कार्यक्रम र भदौ २१ देखि अवरोध तथा विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ११:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij