Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भिमसेनथापा गाउँपालिका बन्यो गोरखामा प्रथम, प्रदेशको तेस्रो उत्कृष्ट गाउँपालिका

भिमसेनथापा गाउँपालिका बन्यो गोरखामा प्रथम, प्रदेशको तेस्रो उत्कृष्ट गाउँपालिका


  • 1.1K
    Shares

    भिमसेनथापा गाउँपालिका बन्यो गोरखामा प्रथम, प्रदेशको तेस्रो उत्कृष्ट गाउँपालिका

    गोरखा। भिमसेनथापा गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सार्वजनिक गरिएको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा उत्कृष्ट उपलब्धि हासिल गरेको छ। माओवादी केन्द्रले जितेको गाउँपालिकाले ८७.७५ अंक प्राप्त गरि भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेशमा तेस्रो स्थानमा उक्लिन सफल भएको छ भने गोरखा जिल्लामा भने प्रथम स्थानमा रहन सफल भएको छ।

    यो सफलता गाउँपालिकाको विकास–निर्माण, सेवा प्रवाह, सुशासन, पारदर्शिता लगायत १० वटा सूचककाे समग्र मूल्याङ्कनको आधारमा हासिल भएको हो। भिमसेनथापा गाउँपालिकाले यो उपलब्धिलाई सम्पूर्ण गाउँवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको निरन्तर सहयोग, सक्रिय सहभागिता र प्रतिबद्धताको परिणाम भनेको छ।

    गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा अक्कलले यो उपलब्धि सम्पूर्ण पालिकावासीका लागि गर्वको विषय भएको उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ०८:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij