२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा देशको महँगी दर ४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कका अनुसार सो आर्थिक वर्षमा ४.०६ प्रतिशतको मुद्रास्फीति कायम भएको हो । गत आर्थिक वर्षमा यो दर ५.४४ प्रतिशत रहेको थियो ।
अौसत मूल्यवृद्धि सो बराबर भए पनि असार महिनामा भने २.२० प्रतिशत मात्रै मूल्य बढेको छ । गत वर्ष यो दर ३.५७ प्रतिशत रहेको थियो ।
यो अवधिमा तरकारी, घ्यु तथा तेल, गेडागुडी र खाद्यान्नमा उच्च मूल्यवृद्धि रहेको छ । मसला र माछा मासुको मूल्य भने घटेको देखिएको छ। मसलामा २.६२ प्रतिशत र मासुमा ०.३४ प्रतिशत मूल्य घटेको देखिएको हो ।
गैरखाद्य वस्तु अन्तर्गत कपडा तथा जुत्ता चप्पलमा, मदिरा, फर्निचर तथा सुर्तीजन्य पदार्थमा बढी महँगी छ । यो अवधिमा पहाड र काठमाडौँ उपत्यकाको महँगी कम हुँदा हिमाल र तराई क्षेत्रमा महँगी दर ४ प्रतिशत भन्दा माथि छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशमा पाँच प्रतिशत भन्दा धेरैको मुद्रास्फीति रहँदा गण्डकी र कर्णालीमा सबैभन्दा कम महँगी भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij