२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१\८२ को तथ्यांक अनुसार बैंकहरुमा गाडी कर्जाको मागमा सामान्य सुधार देखिएको छ।
सार्वजनिक तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट समीक्षा वर्षमा १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ गाडी कर्जा गएको छ। अघिल्लो वर्ष २०८०\८१ मा १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ प्रवाह भएको थियो भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले मात्रै बढेको छ।
समीक्षा वर्षमा १० वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी रहेको १० वटा बढेको छ। सर्वाधिक गाडी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले एभरेष्ट बैंक अगाडि रहेको छ।
समीक्षा वर्षमा ग्लोबल आइएमईले सर्वाधिक १५ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो।
नबिलबाट ११ अर्ब ४३ करोड १ लाख रुपैयाँ गाडी कर्जा गएको छ भने अघिल्लो वर्ष बैंकले १० अर्ब ८० करोड ४० लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो।
सर्वाधिक गाडी कर्जा प्रवाह गर्ने तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब ३० करोड ६६ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ९ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij