२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको हो । जसअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको बैंकको भनाइ छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको तथ्याङ्कमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४१४ अर्ब ६४ करोड पुगेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई २६३ अर्ब ४ करोड कायम भएको तथ्याङ्कमा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij