Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला, दर्शन र सुरक्षाका लागि यस्तो व्यवस्था

तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला, दर्शन र सुरक्षाका लागि यस्तो व्यवस्था


  • 498
    Shares

    • images
    तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला, दर्शन र सुरक्षाका लागि यस्तो व्यवस्था
    images

    काठमाडौं । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।

    विकास कोषले भक्तजनलाई सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोषले दिएको जानकारीअनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ । 

    सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ ।

    दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको छ । साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न पनि कोषले अपिल गरेको छ ।

    १. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।

    २. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

    ३. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

    ४. तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ ।

    कोषले भक्तजनले छिटो र सहज रूपमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेबाट नै मन्दिरका चारै ढोका खुला गरिने समेत जनाएको छ ।

    पार्किङका व्यवस्था यसप्रकार छन् :

    1. तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन
    2. सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन
    3. गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन
    4. पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन
    5. भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १६:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij