२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८.०२ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ ।
आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनीको १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij