Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानालाई अनुसन्धानमा तानिँदै

बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानालाई अनुसन्धानमा तानिँदै


  • 463
    Shares

    • images
    बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानालाई अनुसन्धानमा तानिँदै
    images

    काठमाडौं । नेपाल प्रहरीले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान सुरू गरिएको छ ।

    उपसभामुख इन्दिरा राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्था अवैधरूपमा बालबालिका ओसारपसारमा संलग्न रहेको एक सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

    ‘सार्वजनिक सरोकारको विषय पनि भएको हुँदा यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न र दोषी पहिचान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई निर्देशन दिइएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले नेपाल प्रेसलाई बताए ।

    भदौ ५ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानासम्वद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए । भट्टराईको दाबीलाई पुष्टि गर्दै पत्रकार सुमन ढुंगानाले सोही दिन नेपाल प्रेसमा उक्त घटनाको समाचार संकलन गर्दा आफू कार्यरत टेलिभिजनबाट जागिर खोसिएको र सोसम्बन्धी रिपोर्ट लुकाइएको भन्दै लेख लेखेका थिए ।

    प्रहरी अनुसन्धानका क्रममा पत्रकार ढुंगानासँग उपलब्ध प्रमाणसहित अन्य प्रमाण संकलन भइरहेको सीआईबी स्रोतले बतायो ।

    २०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । उनीहरू कहाँ गए भन्ने खोजी तीव्र भएको थियो । २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरुले ती बालबालिकालाई जबरजस्ती लिएर गएको बयान दिएका थिए । उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन् ।

    चौतर्फी चासोको विषय बनेपछि सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले पिए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेश गरेको थियो । सांसद भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरेका थिए ।

    सीआईबीकै मातहतमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले उक्त घटनाका अन्य प्रमाण संकलन गरिरहेको स्रोतले जनाएको छ । घटनामा उपसभामुख राना एक्लै संलग्न नभएर संगठितरूपमा त्यस्तो कार्य भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । मानव बेचबिखनसँगै संगठित अपराधसम्बन्धी मुद्दा आकर्षित हुने स्रोतले जनायो ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १६:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij