Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालु खातामा सुधार, ४ खर्ब ९ अर्ब २० करोड बचतमा

चालु खातामा सुधार, ४ खर्ब ९ अर्ब २० करोड बचतमा


  • 897
    Shares

    चालु खातामा सुधार, ४ खर्ब ९ अर्ब २० करोड बचतमा
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१\८२ मा देशको चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको जानकारी दिएको छ ।आइतबार आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले जानकारी गराएको हो । 

    अघिल्लो वर्ष चालु खाता रु।२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो। यसआधारमा चालु खाता बचतमा सुधार देखिएको छ । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको बैंकले जानकारी दिएको छ ।
     
    यस्तै समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रहेको थियो भने यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० रु।१२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रहेको थियो ।

    समीक्षा वर्षमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको  बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १५:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij